• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

खबर स‌ंवाददाता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब ९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एसियन डेभलपमेन्ट आउटलुक २०२४ सार्वजनिक गर्दै एडीबीले नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने अनुमान गरेकाे हाे ।

आर्थिक वृद्धिदर बढेसँगै यस वर्ष नेपालको अर्थतन्त्रमा सुधार आउने एडीबीले अनुमान छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ । गत आर्थिक वर्ष २०८०-८१ मा एडिबीले नेपालको आर्थिक वृद्धिदर ३ दशमल ९ प्रतिशत हुने अनुमान गरेको थियो ।

आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुर्नरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्ने देखिएको एडीबीले जनाएकाे छ ।

सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहनेल एडीबीकाे अनुमान छ । विद्युत् उत्पादन क्षमता बढेकाले औद्योगिक वृद्धिलाई टेवा दिने पनि एडीबीले जनाएकाे छ ।

पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायत गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको  एडीबीकाे आउटलुकमा उल्लेख छ ।

लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुने एडीबीले जनाएकाे छ । थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुद‍ृढ हुने पनि एडीबीकाे अनुमान छ ।

आर्थिक वर्ष २०८१-८२ मा मुद्रास्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने देखिएको एडीबीले जनाएकाे छ । सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फितिमा सामान्य गिरावट आएसंगै मुद्रास्फिति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको एडीबीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस