• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

लगानी सम्मेलनमा १४८ वटा आयोजना 'शोकेस' मा राखिने

खबर स‌ंवाददाता

काठमाडाैं । वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका लागि १ सय ४८ आयोजनाको प्रस्ताव तयार पारिएको छ ।

मंगलबार काठमाडौंमा बसेको लगानी बोर्डको बैठकले लगानी सम्मेलनका लागि प्राविधिक समितिबाट सिफारिस भई आएका १ सय ४८ आयोजनाहरूलाई शोकेसमा राख्नका लागि स्वीकृति दिएको बोर्डका प्रवक्ता एवं सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयाे ।

केही छुटेका परियोजनालाई सम्मेलनमा शोकेसमा राख्नका लागि कार्यान्वयन समितिको बैठकले छलफल गरी आवश्यक निर्णय लिने उहाँले बताउनुभयाे ।

बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गरेको सहसचिव उपाध्यायले जानकारी दिनुभयाे । बाेर्डले गठन गरेकाे समितिले बुझाएकाे प्रतिवेदनका आधारमा लगानीका लागि स्वीकृति दिइएकाे बताउनुभयाे ।

डाबर नेपाल प्राइभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको सहसचिव उपाध्यायले जानकारी दिनुभयाे ।

निजी क्षेत्रले लगानी सम्मेलनका लागि सरकारप्रति प्रशसन्नता व्यक्त गरेकाे उहाँले बताउनुभयाे । लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ऐन संशोधन गर्ने सरकारको तयारीप्रति निजी क्षेत्रले धन्यवाद दिएका सहसचिव उपाध्यायले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस