• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, दुई पटक सकारात्मक सर्किट

समाचार

काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा परेको छ ।

सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ । 

समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ ।

म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् । बजार खुलेको तीन मिनेटमै चार प्रतिशतले बढेको कारोबारमा दुई पटक सकारात्मक सर्किट लागेको छ । 

रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।  

प्रतिकृया दिनुहोस