• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दोहोरो अंकले बढ्यो नेप्से परिसुचक

समाचार

काठमाडौं । सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंकले बढेको छ । 

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो । 

यसदिन सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले बढेर ३५५.९७ विन्दुमा बन्द भएको छ ।  

आज १० उपसमूहको सूचक बढ्दा तीन को सूचक नकारात्मक देखिए । 

तर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,नेपाल वेयर हाउजिङ कम्पनी,सोनापुर मिनरल्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था कमाउने पाँच कम्पनीभित्र परे । 

यसदिन तीन सय १४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर दुई अर्ब एक करोड  ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भए । 
 

प्रतिकृया दिनुहोस