• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

उज्यालोको नयाँ अर्थ र परिभाषा दिँदै क्षमादेवी लाइट हाउस

सनराइज खबर संवाददाता

काठमाडौं । उहिलेको नेपालमा झिलीमिली हुन तिहार नै आउनु पथर््यो, तर अब पर्दैन । नेपालमा पर्याप्त विद्युत उत्पादन हुन थालेपछि देशभरी जताततै झिलीमिली देख्न सकिन्छ । 

झिलीमिलीका लागि विद्युत भएर मात्र हुँदैन, उत्कृष्ट बल्ब अर्थात् विजुली बत्ती चाहिन्छ । 

विजली बत्ती थरिथरिका हुन्छन् । एउटै घरमा पनि विभिन्न किसिमका बल्ब लगाउनुपर्ने हुन्छ । जस्तो कि भान्सामा एकखालको विजुली हाल्नुपर्ने हुन्छ भने बेडरुममा अर्कै खालको । आँगनमा एक खालको विजली हाल्नुपर्छ भने प्यासेज र बार्दलीमा अर्कै खालको । पढ्ने कोठामा कस्तो खालको बल्ब या बत्ती हाल्ने ? अनि वैठक कोठामा कति थरीको विजुली हाल्ने ? फरक फरक हाल्नुपर्ने हुन्छ । 

विजली बत्तीको समाधान दिने काम गर्छ क्षमादेवी लाइट हाउस प्रालिले । यहाँ थरिथरिका बल्ब मात्र पाइँदैन, उज्यालोको सम्पूणर् समाधान पाइन्छ । उज्यालो त उज्यालो तर कस्तो उज्यालो ? सबै ठाउँमा एउटै उज्यालोले हुँदैन । विभिन्न प्रकारको उज्यालो पाइन्छ क्षमादेवी लाइट हाउसमा । 

अहिले नयाँ रुपरंग र सेवाको नयाँ शैलीका साथ क्षमादेवी लाइट हाउस ग्राहकका सामु उपस्थित भएको छ । भक्तपुरको कौशलटार स्थित भब्य शोरुमबाट क्षमादेवीले काठमाडौं उपत्यका भरीका ग्राहकलाई उज्यालो बाँड्ने काम थालेको छ । 

नयाँ घर बनाउँदा होस् या भएको घरलाई नयाँ ढंगले उज्यालो पार्न चाहनेहरु होउन्, क्षमादेवीले सेवा दिन्छ । ठूलाठूलो बिल्डिङ, सपिङ मल अनि तपाईंको एउटा मात्र सटरको पसल नै किन नहोस्, त्यसमा हालिने उज्यालोले धेरै फरक पार्छ । ठाउँ अनुसार कस्तो उज्यालो चाहिन्छ, कस्तो बल्ब हाल्ने, कस्ता किसिमका सजावट विजुली बाल्ने, यी सबैको समाधान सहितको सेवा दिने क्षमादेवी लाइट हाउसले जनाएको छ । 

उज्यालोको परिभाषा र अर्थ एउटा मात्र हुँदैन, धेरैवटा हुन्छ । यो कुरा क्षमादेवी लाइट हाउसको शोरुम भ्रमण गर्ने ग्राहकले बुझ्न सक्छन् । मुख्य कुरा, अब झिलीमिली बनाउनका लागि तिहार आउनैपर्छ भन्ने छैन, किनभने क्षमादेवी छ ।

 

हेर्नुहाेस्  तस्वीरहरु :-


 

 

 

 

 

 


 

प्रतिकृया दिनुहोस