• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सेयर बजारमा सुधार, ४.९२ अंकले बढ्यो परिसूचक

समाचार

काठमाडौं । सेयर बजार कारोबारमा बुधबार सुधार हुँदा परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ पुगेको छ ।

तीन सय १३ वटा कम्पनीको सेयर कारोबारमा एक सय ६८ का लगानीकर्ताले कमाएका छन् । दुई लघुवित्त र तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ ।

गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको हो । ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बुधबार ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ रुपैयाँ छ । सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको एक्लै २४ करोड ८२ लाखको सेयर कारोबार भएको छ । सेयर प्रति कित्ता अन्तिम कारोबार मूल्य ६ सय ९६ रुपैयाँ १० पैसा रह्यो ।

६ करोड ६२ लाखको कारोबार भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दोस्रो र ६ करोड ५९ लाखको कारोबार भएको ज्ञादी ग्रुप पावर तेस्रो स्थानमा रह्यो । हाथवे इन्भेस्टमेन्टको ६ करोड ११ लाख र सोनापुर मिनरल्सको पाँच करोड ८६ लाखको सेयर कारोबार भएको छ । 

प्रतिकृया दिनुहोस