• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाफा १३ लाख ३२ हजार  

सनराइज खबर संवाददाता

रामेछाप । भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछापले यस गत आर्थिक वर्षमा १३ लाख ३२ हजार रुपैँया मुनाफा कमाएको छ । 

सहकारीको वार्षिक साधारण सभामा कोषाध्यक्ष वीरबहादुर खड्काले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाको सम्पत्ति ५ करोड १ लाख १४ हजार ८ सय ८५ रुपैँया पुगेको उल्लेख छ  । संस्था सेयर पुँजी ५६ लाख ६८ हजार रुपैँया पुगेको ५ । सहकारीमा १ हजार ५ सय ८७ जना सेयर सदस्य रहेका छन् । 

संस्थाको १७ औँ साधारण सभा तथा १८ औँ स्थापना दिवसको उद्घाटन गर्दै मन्थली नरपालिका प्रमुख लब श्रेष्ठले सहकारीहरू संकटमा पर्दै गएको वर्तमान अवस्थामा सुझबुझका साथ काम गर्नुपर्ने बताउनुभयो ।  

जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जगन्नाथ दाहालले सहकारीका शेयर सदस्यहरूलाई संस्थाको हरेक गतिविधिको निगरानी गर्न आग्रह गर्नुभयो । सहकारीको विकासका लागि सञ्चालकसँगै शेयर सदस्यको भूमिका पनि महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । साधारण सभा संस्थाका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएको थियो । 

साधारण सभाले टहलबहादुर कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा शिवध्वज कार्की, वीरबहादुर खड्का, थडिन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ । 

त्यस्तै सदस्यमा कमलबहादुर खत्री, खड्गबहादुर आले मगर, ईश्वरबहादुर कार्की, शान्ता ढकाल र सुनिता पहरी निर्वाचित हुनुभएको छ । 

लेखा सुपरिवेक्षण समितिका संयोजकमा यमबहादुर बुढाथोकी निर्वाचित हुनुभएको छ । 

 

प्रतिकृया दिनुहोस