नवजागरण बचतको समीक्षा कार्यक्रम सम्पन्न
रामेछाप । रामेछापको मन्थली स्थिति नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सो संस्थाको २५ औँ वार्षिक साधारण सभाको समीक्षा कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
साधारण सभाको सकारात्मक पक्ष र सुधारात्मक विषयको बारेमा सुझाव लिई कार्ययोजना बनाउन संस्थाले कार्यक्रम आयोजना गरेको हो । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक गतिविधिको विषयमा व्यवस्थापक रमेश उदासले प्रष्ट पार्नुभएको थियो । उदासले संस्थाले सञ्चालन गरेको गतिविधि र प्राप्त उपलब्धि बारे जानकारी दिनुभएको थियो ।
संस्थाका अध्यक्ष श्याम थापाले प्राप्त सुझावलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा छलफल गरेर कार्ययोजना बढाई अघि बढ्ने बताउनुभयो ।
सहभागीले संस्थाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा रचनात्मक काम गर्नुपर्ने सुझाव दिएका थिए । अब बचत संकलन र ऋण लगानीले मात्रै सहकारीले सामाजिक जिम्मेवारी पूरा गर्न नसक्ने उहाँहरूको सुझाव थियो ।
हाल ९ हजार २ सय ४९ सदस्य रहेका संस्थामा आउने वर्ष ११ हजार ५ सय शेयर सदस्य पुर्याउने लक्ष राखिएको संस्थाका सचिव सोमेश थापाले बताउनुभयो । संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउन सुझाव संकलनको लागि समीक्षा कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
सो सहकारीले गएको आर्थिक वर्षमा १ करोड २६ लाख रुपैँया बढी नाफा कमाउन सफल भएको छ । सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा १ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । कर्मचारी बोनस, आम्दानी कर कटाउँदा नाफाबाट खुद बचत १ करोड ८ लाख ४५ हजार रुपैँया रहेको कोषाध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।
संस्थाको शेयर रकम ४ करोड ७६ लाख ८३ हजार रुपैँया पुगेको छ भने बचत रकम ५० करोड ५१ लाख ६६ हजार रुपैँया पुगेको छ । संस्थाले हालसम्म ४० करोड ५२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।


प्रतिकृया दिनुहोस