• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

वैदेशिक रोजगारीमा जानेकाे बीमा सहज बन्दै

सनराइज खबर संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारको म्यादी बीमा सहज बनाउन बीमा समितिलाई पत्र पठाएको छ । 

वैदेशिक रोजगारीमा जाने कामदारले बीमा झन्झटिलाे बीमा प्रक्रियाका कारण दुःख पाएको गुनासो बढेपछि मन्त्रालयमा याे विषयमा सोमबार छलफल भएको थियो । सो छलफलमा म्यादी बीमा सहज बनाउन सहमति भएको हाे । सोही आधारमा मन्त्रालयले बीमा समितिलाई पत्र पठाएको बताइएकाे छ। 

मन्त्रालयले समितिलाई पठाएको पत्रमा वैदेशिक रोजगारी जान नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने कामदारले जुनसुकै बीमा कम्पनीबाट बीमा गर्न मिल्ने व्यवस्था मिलाउन आग्रह गरेकाे छ । यस्तै बीमाको अवधि घटाउन पनि आग्रह गरिएकाे बताइएकाे छ ।  

हाल वैदेशिक रोजगारीमा जाने कामदारका लागि अनिवार्य गरिएको म्यादी बीमा तीन वर्षको छ । छोटो समयका लागि विदेश गएका कामदारले पनि तीन वर्षको नै बीमा गनुपर्ने बाध्यता छ । साेहीकारण  मन्त्रालयले यसलाई संशोधन गर्नकाे लागि समिति पत्र पठाइएको हो । 

वैदेशिक रोजगारीका लागि जाने कामदारको करार अवधिमा ६ महिना बढी हुने गरी बीमा गर्ने व्यवस्था मिलाउन पत्र पठाइएकाे मन्त्रालयका शाखा अधिकृत गिरीप्रसाद आचार्यले जानकारी दिए ।   

प्रतिकृया दिनुहोस