• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नवजागरण बचतको एक वर्षको खुद बचत १ करोड ८ लाख ४५ हजार

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको मन्थली स्थिति नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा १ करोड २६ लाख रुपैँया बढी नाफा कमाउन सफल भएको छ । 

सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । कर्मचारी बोनस, आम्दानी कर कटाउँदा नाफाबाट खुद बचत १ करोड ८ लाख ४५ हजार रुपैँया रहेको संस्थाको २५ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । 

संस्थाको शेयर रकम ४ करोड ७६ लाख ८३ हजार रुपैँया पुगेको छ भने बचत रकम ५० करोड ५१ लाख ६६ हजार रुपैँया पुगेको छ । संस्थाले  हालसम्म ४० करोड ५२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

सहकारीमा हाल ९ हजार २ सय ४९ सदस्य रहेका संस्थाका सचिव सोमेश थापाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ मा ११ हजार ५ सय शेयर सदस्य पुर्‍याउने लक्ष राखिएको उहाँले बताउनुभयो । संस्थाको चुक्ता शेयर पुँजी ५ करोड ५० लाख र बचत रकम ५८ करोड रुपैँया पुर्‍याउने लक्ष रहेको उहाँले जानकारी दिनुभयो । 

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा सचिव थापाले संस्थाको आगामी कार्य योजना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सहकारी भनेकै सहकार्य भएको बताउनुभयो । शेयर सदस्यको अधिकतम हितलाई ध्यानमा राखी काम गर्न उहाँले सहकारीलाई आग्रह गर्नुभयो । 

 

प्रतिकृया दिनुहोस