• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

टुटल र पठाओलाई अदालतकाे साथ, अन्तरिम आदेश दिन अस्वीकार

सनराइज खबर संवाददाता

काठमाडौं । टुटल र पठाओकाे संचालन राेक्ने गरी अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । 

अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटीले टुटल र पठाओ अवैधानिक रुपमा संचालन भएकाे भन्दै यसकाे संचालनमा राेक लगाउन माग गर्दै रिट दायर गरेकाे थियाे । 

गत मंसिर २२ मा दायर साे रिटमा ट्याक्सी व्यवसायीले टुटल, पठाओ, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेकाे थियाे । 

तर, याे विषयमा अन्तरिम आदेश जारी नहुने उच्च अदालत पाटनले निर्णय गरेकाे छ ।   

सोमबार न्यायधीशद्वय प्रभा बस्नेत र शान्ता सेढाई सापकाेटाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो । 

 

प्रतिकृया दिनुहोस