टुटल र पठाओलाई अदालतकाे साथ, अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । टुटल र पठाओकाे संचालन राेक्ने गरी अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ ।
अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटीले टुटल र पठाओ अवैधानिक रुपमा संचालन भएकाे भन्दै यसकाे संचालनमा राेक लगाउन माग गर्दै रिट दायर गरेकाे थियाे ।
गत मंसिर २२ मा दायर साे रिटमा ट्याक्सी व्यवसायीले टुटल, पठाओ, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेकाे थियाे ।
तर, याे विषयमा अन्तरिम आदेश जारी नहुने उच्च अदालत पाटनले निर्णय गरेकाे छ ।
सोमबार न्यायधीशद्वय प्रभा बस्नेत र शान्ता सेढाई सापकाेटाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस