जाेख्नका लागि टक्सार विभाग लगियो विमानस्थलबाट बरामद सुन
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद गरिएको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको छ ।
बुधबार साँझ बरामद गरिएकाे सुनको परिमाण यकिन गर्न बिहीबार राजश्व अनुसन्धान विभागले टक्सार महाशाखामा लगेको हो ।
सुन करिब एक सय किलो भएको अनुमान गरिएपनि वास्तविक परिमाण यकिन भइनसकेकाले जोख्नका लागिटक्सार महाशाखामा लगिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मीसहित सुन टक्सार महाशाखामा लगिएको हाे ।


प्रतिकृया दिनुहोस