• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जाेख्नका लागि टक्सार विभाग लगियो विमानस्थलबाट बरामद सुन

सनराइज खबर संवाददाता

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद गरिएको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको छ ।

बुधबार साँझ बरामद गरिएकाे  सुनको परिमाण यकिन गर्न बिहीबार राजश्व अनुसन्धान विभागले टक्सार महाशाखामा लगेको हो ।

सुन करिब एक सय किलो भएको अनुमान गरिएपनि वास्तविक परिमाण यकिन भइनसकेकाले जोख्नका लागिटक्सार महाशाखामा लगिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मीसहित सुन टक्सार महाशाखामा लगिएको हाे ।

प्रतिकृया दिनुहोस