• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

व्यवसायीका समस्याबारे कुरा उठाउँछाैं : स्वर्णिम वाग्ले

सनराइज खबर संवाददाता

काठमाडाैं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डा. स्वर्णिम वाग्लेले उद्याेगी-व्यवसायीका समस्याबारे आवाज उठाइने बताउनुभएकाे छ ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनले बुधबार काठमाडाैंकाे चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना गरेकाे बर्गर बिजनेस कन्फ्रेन्समा बाेल्दै सांसद् वाग्लेले उद्योगी-व्यवसायीका समस्या या अरु कुनै विषय भए आफूहरुले उठाउने बताउनुभयाे ।

देशकाे अर्थतन्त्र अहिले संकटमा रहेकाे भन्दै उहाँले सरकार र राष्ट्र बैंककाे तालमेल नमिल्दा आर्थिक संकट निम्तिएकाे बताउनुभयाे । सबै मिलेर अहिलेकाे आर्थिक संकटलाई समाधान गर्नुपर्ने भन्दै सांसद् वाग्लेले बताउनुभयाे । व्यवसायीहरु आर्थिक संकटकाे मारमा परेकाे विषयमा आफू जानकार रहेकाे भन्दै उहाँले यसबारे कुरा उठाइने प्रतिबद्धता जनाउनुभयाे ।

देशकाे अर्थतन्त्र खराब अवस्थामा पुगेका बेला व्यवसायकाे क्षेत्रमा बर्गर हाउसले खेलेकाे भूमिका प्रशंसनिय रहेकाे उहाँले बताउनुभयाे । विदेशमा जस्तै धेरै शाखा खाेलेर सेवा दिने बर्गर हाउसकाे धारणा राम्राे रहेकाे भन्दै सांसद् वाग्लेले यताउता हिँड्दा बर्गर हाउसकाे बाेर्डहरु देखेपनि अहिलेसम्म सेवा नलिएकाे बताउनुभयाे । अब यसकाे सेवा लिने उद्घाेष समेत उहाँले गर्नुभयाे ।

प्रतिकृया दिनुहोस