• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालद्वारा पटक-पटक नागरिकता सच्याएको खुलासा

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई नागरिकतामा आफैंले फेरेको जन्ममिति टाउको दु:खाई बनेकाे छ ।

सिलवालले नियामक निकायको हाकिम भएर आफैंले फरक-फरक मितिका नागरिकता प्रयोग गरेको तथ्य बाहिर आएको छ । नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी केरमेट र जालझेल गरेको तथ्य फेला परेसँगै सिलवालमाथि अनेकाैं आशंका पैदा भएका छन् ।

सिलवालको नागरिकता र पासपोर्टमा भएको जम्म मिति पनि मिल्दैन । पासर्पोटमा उहाँको जन्म मिति २०१८ कात्तिक १४ गते रहेको छ भने अहिले प्रचलनमा रहेको नागरिकतामा उहाँको जन्म मिति २०१६ कात्तिक २२ गते छ । यसरी उमेरमा दुई वर्षको फरक आउनुमा सिलवालको ठूलो बठ्याई औंल्याउन सकिन्छ । 

गृह मन्त्रालयको सचिवबाट अवकाशपछि उमेरको कारणले कुनै पनि महत्वपूर्ण नियुक्ति नपाउने हुँदा आफै गृह सचिव भएको बेला नागरिकता संशाेधन गरेको हुन सक्ने आशंका गरिएको छ । 

सिलवालले ०७२ साउन १५ मा लिएको पासपोर्टको मिति पनि सकिन लागेको  छ । उहाँको पासपोर्टको मिति ०८२ साउन १५ गते सकिन्छ । अर्थात  उहाँले पासपोर्ट बनाएको पनि करिब ८ वर्ष भयो । 

यति ठूलो ओहोदामा बसेको मानिले ८ वर्षमा निकै वैदेशिक भ्रमण नगरेको होला भन्न कहाँ सकिन्छ र ? यति ठूलो ओहोदामा बसेर आफैंले कानुनको धज्जी उडाउनु प्राधिकरणका अध्यक्ष सिलावालको गम्भीर लापरवाही हाे ।

बीमा प्राधिकरणको ऐन हेर्दा उहाँले मज्जाले ऐन मिचेको पुष्टि हुन्छ । बीमा ऐनको दफा ८ को उपदफा (ख) मा भनिएको छ उच्च नैतिक चरित्र भएको व्यक्ति मात्रै बीमा प्राधिकरणको अध्यक्ष हुन योग्य रहने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस