अर्थतन्त्रको समस्या समाधान गर्न सरकार प्रयत्नरत छ : गृहमन्त्री श्रेष्ठ
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशकाे अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न सरकार लागिपरेकाे बताउनुभएकाे छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेकाे बताउनुभयाे ।
देशको अर्थतन्त्र गम्भीर संकटमा नभएकाे दाबी गर्दै उहाँले तत्कालीन समस्या समाधानका उपाय अपनाउन सके अर्थतन्त्रमा सुधार आउने बताउनुभयाे ।
देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले ध्यान दिएकाे भन्दै गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सराेकारवाला सबैसँग छलफलमा रहेकाे बताउनुभयाे ।


प्रतिकृया दिनुहोस