सहकारीले जीवनमा परिवर्तन ल्याउनु पर्दछ : केबी उप्रेती
झापा । राष्ट्रिय सहकारी बैँकका केन्द्रीय अध्यक्ष केबी उप्रेतीले कतिपय सरकारले गर्न नसकेका काम पनि सरकारले गरिरहेको बताउनुभएको छ ।
झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौँ विस्तारित भेलालाई सोमबार सम्बोधन गर्दै उप्रेतीले कतिपय सहकारी संस्थाले गरिरहेका कामलाई टिकाइराख्ने कुरा चुनौतीपूर्ण रहेको बताउनुभयो । झापाको सहारा नेपाल नेपालकै उदाहरणीय सहकारी भएको बताउनुभयो । सो सहकारीले गरिरहेका कामलाई टिकाउने र अन्य सहकारीमा लागु गराउने कुरामा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारीलाई जोगाउन र अहिलेको प्रभाव बचाउन सबै सदस्यहरू लाग्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । सहकारीले मानिसको जीवन परिवर्तन गर्न सक्नु पर्ने उहाँले बताउनुभयो । मुलुकभरिका सहकारी संस्थालाई जोगाउन र अघि बढाउन राष्ट्रिय सहकारी बैँकले सहयोग गर्ने उहाँले बचन दिनुभयो ।
एउटा सहकारीले बदमासी गर्दा मूलकभरिका सहकारीलाई प्रभाव पर्ने भएकोले त्यसमा हरेक सहकारीकर्मीले सोच्नु पर्ने उप्रेतीले बताउनुभयो । सहकारीलाई बदनाम हुनबाट जोगाउन सहकारीकर्मी लाग्नु पर्ने उहाँले बताउनुभयो ।
सहकारीले सदस्यको जीवनमा परिवर्तन ल्याउनु पर्ने उहाँले बताउनुभयो । ‘सहकारीले जीवनमा परिवर्तन ल्याउने कुरामा लाग्नु पर्दछ’, उहाँले भन्नुभयो ।
संसार भरी भएका राम्रा अभ्यास ल्याएर नेपालका सहकारीमा लागु गर्नुपर्ने उहाँले बताउनुभयो । यसकालागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको उप्रेतीले बताउनुभयो ।


प्रतिकृया दिनुहोस