• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सहकारी मार्फत नेपाली विशेषताको समाजवाद स्थापना गर्न सकिन्छ : कमल चौलागाईं

सनराइज खबर संवाददाता

झापा । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सहकारी महासंघका सल्लाहकार कमलप्रसाद चौलागाईंले सुखी नेपाली समृद्ध नेपाल बनाउने कुरा सहकारी मार्फत मात्र सम्भव हुने बताउनुभएको छ । 

सोमबार झापाको कन्काई स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौँ विस्तारित सभालाई सम्बोधन गर्दै नेता चौलागाई‌ंले नेपाली विशेषताको समाजवाद सहकारीबाट स्थापना गर्न सकिने बताउनुभयो । ‘सहकारी मार्फत नेपाली विशेषताको समाजवाद स्थापना गर्न सकिन्छ, २ सय वटा मोडल सहकारी भए भने यो देशमा समाजवाद स्थापना गर्न सकिन्छ’, चौलागाई‌ंले भन्नुभयो । 

चौलागाईंले सहकारीलाई काम गर्न राज्यकै कानुन बाधक भएको बताउनुभयो । सहकारीलाई काम गर्न देशका ४७ वटा कानुन बाधक भएको चौलागाईंले बताउनुभयो । 

सहकारी क्षेत्रमा विकृति देखिनुको पछाडि पनि सरकार नै जिम्मेवार रहेको उहाँले बताउनुभयो । राज्यले सहकारीलाई अलपत्र छाड्दा सहकारी भित्र बेथिति आएको उहाँले बताउनुभयो । ‘सहकारी क्षेत्रको पखेटा बाँधिएको छ, काम गर्न दिइएको छैन’, उहाँले भन्नुभयो । 

निजी क्षेत्रलाई पुलपुल्याउँदा देशलाई खाल्टोमा हाल्ने काम गरिएको उहाँले बताउनुभयो । निजी क्षेत्रले दोहन मात्र गर्ने र नागरिकको उठिबास लगाउने चौलागाईंले बताउनुभयो । विदेशीको आडमा बसेको निजी क्षेत्रले देशलाई बरबादी तर्फ लगेको चौलागाईंले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस