राष्ट्रिय सहकारी महासंघको सल्लाहकारमा कमल चौलागाईं मनोनीत
काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईं राष्ट्रिय सहकारी महासंघको सल्लाहकामा मनोनीत हुनुभएको छ ।
महासंघको २ सय ४ औँ संचालक समितिको बैठकले उहाँलाई सल्लाहकारमा मनोनीत गरेको हो । महासंघ नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय हो ।
तीन खम्बे अर्थनीति अनुरूप मुलुकको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्रको योगदानमा वृद्धि गर्न एवं सो क्षेत्रको विकास र प्रवर्द्धनका लागि उहाँको अनुभव र विज्ञताले थप सहयोग पुग्ने महासंघले अपेक्षा गरेको छ । चौलागाईं नेकपा एमालेको सहकारी विभाग प्रमुख समेत हुनुहुन्छ ।



प्रतिकृया दिनुहोस