रेलमार्गको विषयमा छलफल गर्न चिनियाँ टाेली काठमाडाैंमा
काठमाडाैं । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनअघि चिनियाँ र नेपाली टोलीबीच छलफल हुने भएको छ ।
यसअघि रेलको विषयमा भएको वार्ता र चीनका राष्ट्रपतिको भ्रमणमा भएको सहमतिका आधारमा मंगलबारदेखि रेलवार्ता हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सनराइज खबरलाई बताए ।
साे विषयमा छलफल गर्न चिनियाँ नेशनल रेल्वे अथोरिटीको टोली काठमाडौं आइसकेको छ । रेलको सम्भाव्यता अध्ययनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा रेलवार्ता हुने बताइएकाे छ ।


प्रतिकृया दिनुहोस