मन्थली बचतको एक वर्षको नाफा ६६ लाख ७५ हजार
रामेछाप । रामेछापको मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ६६ लाख ७५ हजार बढी खुद नाफा कमाएको छ ।
सहकारीको शनिबार भएको साधारण सभामा सो कुराको जानकारी दिइएको हो । सहकारीका कोषाध्यक्ष टीकाप्रसाद भट्टले दिनुभएको जानकारी अनुसार एक वर्षको आर्थिक कारोबारबाट सहकारीले ६६ लाख ७५ हजार १ सय ५२ रुपैँया खुद मुनाफा कमाएको छ ।
सहकारीको शेयर पुँजी ९ करोड ४५ लाख ९० हजार ४ सय पुगेको छ । त्यस्तै बचत संकलन ८५ करोड ३५ लाख ४५ हजार २ सय ७४ पुगेको छ ।
ऋण लगानी तर्फ ६६ करोड २९ लाख २५ हजार ९ सय ६७ रुपैँया रहेको छ । सहकारीको कूल सम्पत्ति १ अर्ब ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ पुगेको छ ।


प्रतिकृया दिनुहोस