• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विद्युत व्यापार देशका लागि कोशेढुंगा सावित हुनेछ : उर्जामन्त्री

सनराइज खबर संवाददाता

काठमाडाैं । ऊर्जा जलस्राेत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उत्पादन, वितरण र विद्युत व्यापारमा देश नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । 

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११ औं एकता अधिवेशनकाे शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री भुसालले विद्युत उत्पादन, सहज वितरण र आफ्नाे कार्यकालमा सुरु भएको विद्युत व्यापार देशको नयाँ कोशेढुंगा सावित हुने बताउनुभयो ।

नेपाली जनताले खपत गरेर बढि भएको विद्युत मात्रै भारत, बंगलादेश लगायत देशलाई वितरण गरिने उहाँले बताउनुभयाे । देशको आर्थिक विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको भन्दै मन्त्री भुसालले बंगलादेशको संयुक्त लगानीमा सुनकोसी ३, अपर कर्णाली र दुधकोशी लगायत आयोजना अघि बढ्ने चरणमा रहेको जानकारी दिनुभयो ।

१२ सय मेगावाट उत्पादन क्षमताको जलाशययुक्त बुढिगण्डकीलाई पनि अगाडि बढाउनेगरी मन्त्रालयले काम थालेको उहाँले बताउनुभयाे ।उपयुक्त ठाँउमा उपयुक्त क्षमताको प्रदर्शन कर्मचारीहरुले देखाएका कारण प्राधिकरण सफलताको बाटोमा अघि बढेको मन्त्री भुसालकाे भनाइ छ ।

प्रतिकृया दिनुहोस