तामाकोशी-५ र राहुघाटका लागि २५ अर्ब ९२ कराेड लगानी स्वीकृत
काठमाडाैं । तामाकोशी 'भी' र राहुघाट जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ कराेड लगानी स्वीकृत गरेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेकाे बोर्ड बैठकले १ सय मेगावाटको तामाकोसी 'भी' र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ कराेड रुपैयाँ स्वीकृत गरेकाे हाे ।
दाेलखामा रहेकाे तामाकाेशीका लागि १६ अर्ब ४५ कराेड ९८ लाख र म्याग्दीमा रहेकाे राहुघाटका लागि ९ अर्ब ४७ कराेड ३० लाख रुपैयाँ लगानी स्वीकृत भएकाे बाेर्डले जनाएकाे छ । ७ सय ५० मेगावाट विद्युत् क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउनेबारेमा समेत बैठकमा छलफल भएकाे बाेर्डले जनाएकाे छ ।
बैठकमा सूर्यतारा सिमेन्ट उद्योगले ओगटेको जग्गा परिवर्तन लगायत विषयमा छलफल भएको थियाे ।


प्रतिकृया दिनुहोस