• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मल किन्न भारतसँग 'जी टु जी' सम्झौता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल र भारतबीच रासायनिक मल किन्ने सम्झाैता भएकाे छ ।

सरकार–सरकार अर्थात् ‘जीटूजी’ प्रक्रियामार्फत भारतबाट रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच आज सम्झौता भएको हो । नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र  भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहमा दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौता पाँच वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष एक लाख ५० हजार टन मल ल्याइनेछ ।

प्रतिकृया दिनुहोस