• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरिने

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले विभिन्न चार वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने भएको छ ।  

आईतबार बसेको समितिको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण, काठमाण्डौ तराई दु्रतमार्ग, नलगाढ जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।

समितिले सप्तरी, धनुषा, दैलेख, जाजरकोट, कञ्चनपुर र दार्चुलामा भौतिक पूर्वाधार एवं सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम संञ्चालन गर्ने छ । त्यसैगरी सिंहदरबारभित्र बनाईएको दिगो विकास श्रोत केन्द्रको मंसिर ८ गते उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस