• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

अलपत्र परेका २१ नेपालीलाई फर्काउन सरकारलाई निर्देशन

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । वैदेशिक राेजगारीकाे शिलशिलामा कुवेत पुगेर थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सिंहदरबारमा बसेको बैठकले थुनामा रहेका नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले थुनामा राखेका उनीहरुको दण्ड जरिवानी तिरेर भएपनि तत्काल फिर्ता ल्याउन समितिले सरकारलाई निर्देशन दिएको जानकारी दिए । थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दुतावासको भनाइ छ ।

त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पुर्‍याउने म्यानपावर कम्पनीमाथि पनि कडा कारबाही गर्न सरकारलाई सचेत गराएको छ । यता, सरकारले भने कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दुतावासमार्फत पहल भइरहेको जानकारी दिए ।

उनले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दुतावासले पहल गरिरहेको जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाईएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराए ।

प्रतिकृया दिनुहोस