• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

निजामती कर्मचारीकाे सरुवा चक्रीय प्रणालीमा

सनराइज खबर स‌ंवाददाता

काठमाडाै‌ं । निजामती कर्मचारीहरुको सरुवा चक्रीय प्रणालीमा हुने प्रस्ताव गरिएकाे छ । प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले अब उप्रान्त निजामती कर्मचारीकाे सरुवा चक्रीय प्रणालीमा गर्ने व्यवस्था संघीय निजामति सेवा विधेयकमा गर्ने प्रारम्भिक सहमति गरेको छ । 

यसरी सरुवा गर्दा कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र तोकिएको आधार तथा प्राथमिकता अनुसार गर्ने प्रावधान विधेयकमा राख्न पनि समितिमा सहमति भएकाे छ ।

चक्रीय प्रणालीमा सरुवा गरिँदा कर्मचारीले आफ्नो सरुवा कहाँ हुदैछ भनेर पहिले नै जानकारी पाउनेछन् । निजामती कर्मचारीलाई दुई वर्ष नपुगी अर्को ठाउँमा सरुवा नगर्ने व्यवस्था राख्ने सहमति पनि बैठकले गरेको छ । 

भारतमा पनि निजामती सेवामा चक्रीय प्रणाली अनुसार सरुवा गरिने गरेकाे उदाहरण बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिएका थिए । चक्रीय प्रणालीमा कर्मचारी खटाइने स्थानलाई संकेत नम्बर दिएको हुन्छ । सो संकेत नम्बर अनुसार कर्मचारीले कुन स्थानमा खटाइने भन्दा पनि सरुवाको मिति पूरा भएपछि कति नम्बरको क्षेत्रमा जाने स्पष्ट हुनेछ । 

समितिमा निजामती विधेयक उपर छलफल जारी रहेकाे छ । विधेयकका विभिन्न दफाहरुमा समितिले प्रारम्भिक सहमति गरिरहेकाे छ । याे विधेयक संसद्काे हिउँदे अधिवेशनकाे पूर्ण बैठकमा समितिले पेस गर्नेछ ।

प्रतिकृया दिनुहोस