• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गोकुलले ‘साँडे खालको दादागिरी मच्चाएको’ आरोप

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा गराइएको बम विष्फोटसँगै त्यहाँ एक पर्चा भेटिएको छ । पर्चामा गोकुललाई अनेक उडन्ते आरोप लगाइएको छ । 

‘नेपाल कम्युनिष्ट पार्टी’ लेखिएको पर्चामा लगाइएको गोकुलले विभिन्न भ्रष्टाचार गरेको आरोप लगाइएको छ । गोकुललाई विभिन्न दस वटा आरोप लगाइएको छ । एउटा आरोप निकै रमाइलो छ । सो आरोपमा लेखिएको छ– ‘मुलुकमा साँडे खालको दादागिरी मच्चाएकाले ।’

विष्फोट भएको ठाउँमा सो पर्चा भेटिएको प्रहरीले जनाएको छ । 

याे पनि पढाैं :

यसकारण गराइयो गोकुल बाँस्कोटाको घरमा विष्फोट 

बाँस्कोटाले धेरै वर्ष अघि नै सो घर बनाएका थिए । उनले त्यसमा पछि तला थपेका थिए । मन्त्री बनेपछि घर सानो भएको र सुरक्षा गार्ड राख्ने ठाउँ नभएपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट स्थित निजी घरमा सरेका थिए । सो घरबाट आफ्नै घरमा सर्ने बेला विष्फोटको घटना मञ्चन गराइएको गोकुलले बताएका छन् । 

बाँस्कोटाले अडियो टेप सार्वजनिक गर्ने विजय मिश्र विरुद्ध अदालतमा मुद्दा दायर गरिसकेका छन् । उनले सो टेपमा छेडखानी गरिएको दावी गर्दै टेपको परीक्षण गर्न चुनौती समेत दिएका छन् । मुद्दा परेपछि विजय मिश्र भूमिगत जस्तै भएका छन् । 

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार गोकुलको घरमा गराइएको विष्फोट रिमोट नियन्त्रित थियो ।


 

प्रतिकृया दिनुहोस