• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित 

समाचार

समाचार

 

काठमाडौं   । नेकपा एमालेको ११अौं राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
 मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक  १९२३ मत पाएर विजयी हुन् । ढकाल यस अघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन् ।


 उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । २०७९ को स्थानीय तहको निर्वाचनमा ६दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् । 
 राजनीति र।विकासका मुद्दालाई प्रखर रुपमा उठाउदै आएकी ढकाल कर्णालीका महिलाका समस्या समाधानका लागि कर्णालीले नै पहल लिनुपर्ने धारणा राख्छिन् ।  

झण्डै ३लाख मानिसको बसोबास भएको सहरको सरकार प्रमुख भएर।पनि पार्टीले खटाएको ठाउँमा गएर काम सम्पन्न गर्ने र।संगठन बिस्तारमा उनले योगदान गरेकी छिन् । कानुनमा एलएलबि र राजनीति शास्त्रमा स्नातकोतर गरेकी ढकाललाई स्थानिय राजनीतिज्ञले  कर्णालीको  राजनिती आाकासमा उदाउँदो ताराको रुपमा व्याख्या गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस