• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको निधन

समाचार

समाचार


दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको निधन भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।

गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठुलो आगलागी हुँदा १६० जनाको निधन भएको थियो ।

“आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र  व्यवस्थापनको कार्य भइरहेको बताएको छ । 

यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको  थियो ।

 हाल चिनियाँ सरकारी समाचार एजेन्सि सिन्ह्वाले १२ जनाको निधन भएको बताएको छ ।

गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतरा विरुद्ध अभियानसमेत चलाएको छ ।

-रासस

प्रतिकृया दिनुहोस