• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सल्यानका डिएसपी डा. हेम केसी: “शिक्षा क्षेत्रको सुधार बिना देशको प्रगति सम्भव छैन”

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

 सल्यान ।  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेम केसीले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताउनुभएको छ।

उहाँका अनुसार शिक्षा नै समाजको रूपान्तरण र राष्ट्रको समृद्धिको मूल आधार हो। उहाँले भन्नुभयो, “यदि हामी वास्तवमै देशलाई विकासको मार्गमा लैजान चाहन्छौं भने, सबैभन्दा पहिले शिक्षा क्षेत्रको विकासमा ध्यान दिनु आवश्यक छ। शिक्षित र सचेत नागरिक बिना देशको प्रगति सम्भव छैन।”

डा. केसीले शिक्षामा प्रभावकारी लगानी र गुणस्तरीय सुधारका माध्यमबाट मात्र सक्षम, जिम्मेवार र अनुशासित नागरिक उत्पादन गर्न सकिने बताउनुभयाे। उहाँले राज्य, समुदाय र अभिभावक सबै पक्षले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

स्थानीय सरोकारवालाहरूले पनि डा. केसीको भनाइको समर्थन गर्दै, शिक्षा क्षेत्र सुदृढीकरणका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस