चिनकाे उप-विदेश मन्त्री सुन वेइदोङ र एशियाली सञ्चार प्रतिनिधिहरूबीच भेटघाट
बेइजिङ । उप-विदेश मन्त्री सुन वेइदोङले एशियाभरिका देशहरूका सञ्चार माध्यमका प्रतिनिधिहरूसँग परराष्ट्र मन्त्रालयमा एउटा छोटो सेमिनारका लागि भेटघाट गर्रनुभयाे।
सुनले चीनको विकास उपलब्धि र दर्शनबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आउनुभएका सञ्चार प्रतिनिधिहरूलाई स्वागत गर्नुभयाे। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको चौथो पूर्ण सत्र आज
बेइजिङमा सुरु भएको र यसले १५औँ पञ्चवर्षीय योजना तर्जुमाका लागि प्रस्तावहरू विचार गर्नमा केन्द्रित रहेको बताउनुभयाे। उहाँले आगामी पाँच वर्षमा चीनको विकासले थप गतिशक्ति मुक्त गर्ने र छिमेकी देशहरूका लागि थप अवसरहरू प्रदान गर्ने बताउनुभयाे।
सुनले परिधिमा केन्द्रीय कार्य सम्मेलनको भावनाबारे जानकारी दिँदै चीनले आफ्नो परिधीय विदेश नीतिमा स्थिरता र निरन्तरता कायम राख्ने कुरामा जोड दिनुभयाे। उहाँले सञ्चारकर्मीहरूले चीनबारे आफ्नो ज्ञान बढाएर वस्तुनिष्ठ र सत्य समाचारदाता बन्नुपर्ने, मैत्रीपूर्ण आदानप्रदानलाई बढावा दिनुपर्ने र जन-जनबिचको सम्बन्ध मजबुत पार्नुपर्ने आशा व्यक्त गर्नुभयाे।
सञ्चार माध्यमका स्रोतहरूले चीनको सञ्चार विकास, प्राविधिक आविष्कार र शासन व्यवस्थाको अनुभव प्रभावशाली रहेको बताए। उनीहरूले जन-जनबिचको समझदारी र मित्रता बढाउन चीनसँग सहकार्यलाई मजबुत बनाउन तयार रहेको इच्छा व्यक्त गरे।
सेमिनारको आयोजना चिनियाँ जन विश्वविद्यालयको पत्रकारिता स्कूलले गरेको थियो। भेट हुनुअघि, सञ्चार प्रतिनिधिहरूले परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुनेका थिए र परराष्ट्र मन्त्रालयका प्रवक्तासँग संक्षिप्त कुराकानी गरेका थिए।


प्रतिकृया दिनुहोस