नेपाल प्रहरीमा एसपीबाट एसएसपीमा बढुवा सिफारिस, कमल थापा २०५८ साल ब्याचको १ नम्बरमा
काठमाडौं । लामो समयदेखि जारी अन्योल अन्त्य गर्दै नेपाल प्रहरीका उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ।
अब यससँगै यसभन्दा तल्लो दर्जाका पदहरूमा समेत बढुवाको शृङ्खला सुरु भएको छ।
बढुवा सूचीमा २०५६ सालको भर्ना ब्याचका १ ,२ र ३ नम्बरमा परेका छन्। गृहमन्त्रीको कनिष्ठलाई माथि तान्ने प्रयास र बरियतालाई प्राथमिकता दिने प्रहरी संगठनबीचको रस्साकस्सीमा अन्ततः बरियता र कार्यकुशलता हेरी बढुवा गर्ने बाटो अवलम्बन गरिएको बुझिएको छ।
स्रोतका अनुसार, प्रधानमन्त्री कार्यालयबाट वरिष्ठताको आधारमा बढुवा प्रक्रिया अघि बढाउन निर्देशन आएपछि सोही अनुसार सूची तयार गरिएको हो।
यसपटकको बढुवा सिफारिसमा कमल थापा २०५८ सालको ब्याचको पहिलो नम्बरमा परेका छन् भने डीएन ज्ञवालीलगायतकाे पनि नाम छ।
कमल थापालाई यसअघि विभिन्न बहानामा बढुवा प्रक्रियाबाट छुटाइएको थियो। संगठनभित्रैबाट उनलाई रोक्ने प्रयास गरिएको थियो
विशेषगरी भविष्यमा प्रहरी महानिरीक्षक बन्न सक्ने सम्भावनालाई लक्षित गर्दै नियोजित रूपमा बनावटी केसमा फसाउने प्रयाससमेत कमल थापालाई भएको बुझिएको छ। तर यसपटक वरिष्ठताको स्पष्ट आधारमा सिफारिस गरिएको हुँदा थापा सूचीको शीर्ष स्थानमा परेका छन्।
स्रोतका अनुसार, २०५८ सालको ब्याचसम्म पुग्दा कमल थापाले प्रहरी प्रमुख बन्ने सम्भावना खुलेको छ। ३० वर्षे सेवाको संशोधनसँगै २०५८ सालको ब्याचबाट दुई जनाले प्रहरी नेतृत्व गर्ने सम्भावना देखिएको छ, जसअनुसार उनको त्यहाँसम्मको यात्रा तय हुनेछ।
यसअघि नै बढुवा भएको भए २०५८ सालको एकल नेतृत्व तहमा पुग्ने सम्भावना रहेको थापालाई आफ्नै ब्याचका केही व्यक्तिहरू, केही राजनीतिक दलका नेताहरू र प्रायोजित समूहहरूले लामो कसरत तथा ‘भगिरथ प्रयास’ गरी बाटोबाट हटाएको बुझिन्छ।
निडर स्वभाव, स्पष्ट वक्ता र निष्पक्ष ढंगले काम गर्ने थापा संगठनभित्रको लामो योगदान, दक्षता र वरिष्ठता आधारमा बलियो प्रतिस्पर्धीका रूपमा उदाएका थिए।
लामो जनयुद्धको समयमा कमाण्डोका रूपमा काम गरिसकेका उनी सीआईबी, अख्तियार, सम्पत्ति शुद्धिकरण अनुसन्धानका विज्ञ पनि हुन्।
यस बढुवा सिफारिसलाई पारदर्शी र निष्पक्ष निर्णयको रूपमा लिइएको छ भने संगठनभित्र थन्किएर बसेका वरिष्ठ अधिकृतहरूमा नयाँ आशा पलाएको छ।
सूची हेर्नुहाेस् ।



प्रतिकृया दिनुहोस