पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज बलात्कार आरोपमा पक्राउ
काठमाडौं । मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा अहिराज बलात्कारको आरोपमा पक्राउ परेका छन्।
बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।
घटना २०८१ जेठ ४ गतेको हो। पीडितको अनुसार, कोठामा कोही नभएको बेला अहिराजले पटकपटक बलात्कार गरेका थिए र कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिएका थिए।
पीडितले तत्कालै प्रहरीमा जाहेरी दिन खोजे पनि प्रहरी कार्यालयले दर्ता गर्न इन्कार गरेको आरोप लागेको छ। अन्ततः सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
पक्राउपछि उनलाई अदालतमा पेश गरिएर ५ दिनको म्याद लिइएको छ। अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेशका प्रमुख थिए।


प्रतिकृया दिनुहोस