• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सनराइज खबर

सनराइज खबर


काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।  

उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा रु तीन  लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन् । निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौँ सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो । 
-रासस

प्रतिकृया दिनुहोस