युक्रेनमा भएको रूसी आक्रमणमा चार जनाको निधन, ३० भन्दा बढी घाइते
युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको निधन हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।
पूर्वको सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको निधन भएको युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राम मार्फत जनाएको छ ।
क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी खेरसन क्षेत्रमा एक जनाको निधन भएको छ ।
घटनाको पुष्टि गर्दै अधिकारीहरूले घाइते भएकामध्ये अधिकांश खार्किभ र डिनिप्रोपेट्रोभस्कको पूर्वी क्षेत्रहरूका रहेको बताएका छन् ।
रूसी ड्रोनहरूले राजधानी किएभमा आक्रमण गर्दा भवनहरूमा समेत क्षति पुगेपनि कुनै हताहत नभएको नगर प्रमुखले टेलिग्राममार्फत जनाउनुभएको छ ।
रूसको रक्षा मन्त्रालयले आइतबार राति मस्को क्षेत्रमा आठ वटा र बाँकी ९१ वटा ड्रोनहरू अधिकांश युक्रेनको सिमानामा खसालेको बताएको छ ।


प्रतिकृया दिनुहोस