• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

मलेसियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

विदेश डेस्क

विदेश डेस्क

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । 

सोमबार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो प्रधानमन्त्री महाथिरले राजीनामाको घोषणा गरेका हुन् । महाथिरले साेमबार नै मलेसियाका सुल्तान अहमद शाहलाई राजीनामा पत्र बुझाएका बताइएकाे छ ।

उनले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।

तर, अनवर इब्राहिमसँगको खटपटिका कारण उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ७२ वर्षीका इब्राहिमले मोहम्मदको सहयोगीको रुपमा सरकारमा सामेल छन् ।

९४ वर्षीय महाथिर विश्वका सबैभन्दा वृद्ध प्रधामन्त्रीका रुपमा परिचित थिए । सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाका प्रधानमन्त्री बनेका थिए महाथिर । सन् २०१८ को चुनावमा नजीब रज्जाकलाई हराउँदै महाथिर फेरि प्रधानमन्त्री बनेका थिए ।

महाथिरकाे राजीनामासँगै उनकाे पार्टी मलेसियन युनाइटेड इन्डिजेनसले पनि सत्तारुढ गठबन्धन छाेडेकाे छ । 

 

प्रतिकृया दिनुहोस