• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

टर्कीमा भूकम्प: आठ जनाको निधन

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

एजेन्सी । भूकम्पका कारण टर्कीमा आठ जनाको निधन भएको छ ।

आइतबार बिहान गएको ५ दशमलब ७ रेक्टर स्केलको  भूकम्पमा करिब दुई दर्जन व्यक्ति घाइते भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । निधन हुनेमा तीन बालबालिका समेत रहेको गृहमन्त्री सुलेमान सोलुलाई उदृद गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पमा कारण हजाराैं घर तथा भवनहरु भत्किएका बताइएको छ ।

सो भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । अहिले त्यहाँ उद्दार कार्य जारी रहेको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस