राससलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधार आवश्यक– सचिव सुवेदी
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) लाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधार आवश्यक भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले बताएका छन् । राससको ५९ औं वार्षिकाेत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने – ‘राससलाई प्रतिस्पर्धामा लैजान संरचनागत, कानुनी तथा प्रकृयागत सुधारको आवश्यकता छ ।’
राससको संस्थागत विकासका लागि प्रविधिको विकास गरी कर्मचारीको मनोवल तथा सीप विकासमा ध्यान दिनुपर्नेमा उनले जाेड दिए । त्यस्तै राससका महाप्रवन्धक उपेन्द्र शर्माले स्रोत साधनको अभावमा कर्मचारीलाई सेवा, सुविधा उपलब्ध गराउन समस्या भएको बताए ।
देशकै अग्रणी समाचार एजेन्सी भएपनि पर्याप्त बजेट नहुँदा कर्मचारीलाई आधारभूत तालिम तथा अत्यावश्यक उपकरण दिन नसकिएको उनको भनाइ छ । भूकम्पपछि भवन क्षतिग्रस्त हुँदा जीर्ण भवनबाट दैनिक कार्य सञ्चालनमा बाधा पुगेको गुनासो उनले राखे ।
राससको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरिएको थियो । वार्षिकोत्सवमा राससभित्र रहेर विभिन्न विधामा काम गर्ने कर्मचारी तथा पत्रकारलाई सम्मान समेत गरिएको छ ।


प्रतिकृया दिनुहोस