• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पोखरामा सम्पन्न केपी ओली टी–२० को उपाधि गण्डकी हिरोजलाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी प्रथम भएको हो । च्याम्पियन गण्डकीले १० लाख रुपैँया नगद प्राप्त गरेको छ ।  उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । 

१ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो   

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९ दशमलव ४ ओभरमा १ सय ८२ रन बनाउँदै अलआउट भएको थियो ।   

चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । वाग्मतीबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस