• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रामेछापको कठजोर ठाँटीमा बोलेरो दुर्घटना, दुई जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सिमानामा पर्ने कठजोर ठाँटीमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । 

बिहीबार अपराह्न भएको दुर्घटनामा परी १५ जना घाइते भएका छन् । 

मन्थली नगरपालिका–३ को एैरमबास देवीको मन्दिरबाट फर्किँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष १२ की भूमिका श्रेष्ठको घटना स्थलमा नै ज्यान गएको मन्थली नगरपालिका–२ वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

दुर्घटनामा परी वर्ष ५१ का शेरबहादुर रोका, वर्ष ५६ का नवराज श्रेष्ठ, मन्थली नगरपालिका–२ का ६६ वर्षका जहानदास नेपाली, मन्थली–३ का वर्ष ६४ का जगन्नाथ श्रेष्ठ, मन्थली–२ का ६८ वर्षीय होम नारायण श्रेष्ठ, मन्थली–३ का ६१ वर्षीय कालु श्रेष्ठ, मन्थली–२ का ४१ वर्षीय ठाकुर नारायण श्रेष्ठ घाइते हुनुभएको छ ।

त्यसै गरी मन्थली–३ का वर्ष ५६ वर्षीय कृष्णबहादुर रोका, मन्थली–२ का ३६ वर्षीय मनोजकुमार श्रेष्ठ, मन्थली–२ की ८ बर्सिया तुलसा श्रेष्ठ, मन्थली–२ की २१ बर्सिया करुणा श्रेष्ठ, मन्थली–३ की १० वर्षकी नरकुमारी पाण्डे, मन्थली–३ का ५५ बर्सिया कृष्णनारायण श्रेष्ठ, मन्थली–३ का ६५ वर्षीय कैलाश नारायण श्रेष्ठ र सोही वडाका खतबहादुर पाण्डे घाइते हुनुभएको छ । 

घाइतेहरूको मन्थली अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनालाई मन्थली बाहिर रिफर गरिएको मन्थली अस्पतालका डाक्टर केशवसिंह धामीले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस