• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रुपन्देहीमा भ्यान दुर्घटना, दुईजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं ।  रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलियामा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोदन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको ज्यान गएको रुपन्देही प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ । 

लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा भ्यान दुर्घटनामा परेको हो । सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको  छ । 

 

प्रतिकृया दिनुहोस