• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रहरी चौकी बनाउन ३३ लाखको जग्गा दान

समाचार

समाचार

पर्वत । फलेवास नगरपालिकाका बासिन्दाले वडा कार्यालय र प्रहरी चौकी निर्माणका लागि  ३३ लाख ५० हजार रुपैयाँको ९ रोपनी जग्गा दान गरेका छन् । 

फलेवास–५ खानीगाउँका बासिन्दाले चन्दा सङ्कलन गरी जग्गा किनेर नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् । स्थानीयवासीका साथै स्वदेश तथा विदेशमा रहेकाहरुले समेत जग्गा खरिद गर्न सहयोग गरेका स्थानीय समाजसेवी भोलानाथ शर्मा लम्सालले जानकारी दिनुभयो । प्रहरीको भवन निर्माण गर्न पाँच रोपनी तीन आना तथा वडा कार्यालय निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिएको उहाँले बताउनुभयो । 

अहिलेसम्म प्रहरी चौकी भाडाको घरमा सञ्चालन हुँदै आएको छ भने वडा कार्यालय फलेवास सिँचाई आयोजनाको कार्यालयमा सञ्चालन भइरहेको छ । जग्गाको लालपूर्जा प्रहरी नायव उपरीक्षक रविन विष्ट र  खानीगाउँका वडाध्यक्ष नारायणप्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको छ ।  
–रासस

प्रतिकृया दिनुहोस