बालेनले दमकल पठाएको भए आज पत्रकारको ज्यान जाने थिएन
काठमाडौं । पूर्वराजाको उक्साहटमा दुर्गा प्रसाईं र रविन्द्र मिश्रले गरेकाे आन्दोलनमा आज भएको घटनामा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले समयमै दमकल पठाएको भए क्षति न्यूनीकरण हुन सक्ने र मानिसकाे ज्यान नजाने प्रहरी अधिकारीहरू बताउँछन्।
प्रदर्शनकारीहरूले एउटा दमकलमा ढुंगामुढा गरेपछि अरु दमकल नआएको प्रहरी स्रोतले जनाएको छ। आएको दमकलसमेत निर्धारित समयभन्दा निकै ढिला आएकाे बताइन्छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले बारम्बार दमकलको माग गर्दा पनि बालेन शाहले कुनै दमकल नपठाएको आरोप प्रहरी र स्थानीयहरूले लगाएका छन्।
समयमै आगो नियन्त्रणमा आएको भए मानविय तथा भौतिक क्षति कम हुन सक्थ्यो भन्ने स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको भनाइ छ।


प्रतिकृया दिनुहोस