• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्घाखाँची बस दुर्घटना हुँदा चार को निधन, २७ घाइते

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा  चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । 

गोरुसिङ्गे सन्धिखर्क सडक खण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासी फर्कँदै गरेको शितगंगा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटनामा पर्दा रुपन्देही बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने र पश्चिम बर्दघाटका गाडी चालक मदनकुमार विकको ज्यान गएको छ । ज्यान गुमाएका एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । अन्य घाइतेको  प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । बस  २५ मिटर तल खसेको छ । 

 

प्रतिकृया दिनुहोस