वुमन्स डे कप टी २० आई प्रतियोगिताको तेस्रो खेलमा नेपालले हङकङसँग पराजित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी २० आई प्रतियोगिताको तेस्रो खेलमा नेपालले हङकङसँग २ रनले पराजय बेहोरेको छ ।
हङकङले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपालसामु १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङले २० ओभरमा ७ विकेट गुमाएर एक सय रन बनायो ।
यसअघि शनिबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले आइतबार युगाण्डालाई हराएको थियो ।
हङकङले भने सुरुवाती खेलमा युगाण्डासँग पराजित भए पनि नामिबियालाई दोस्रो खेलमा हराएको थियो ।


प्रतिकृया दिनुहोस