• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

साँखुमा टहरोमा टिफर पस्दा तीन जनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–६, साँखुको सलम्बुटारस्थित सडकमुनि रहेको एक टहरामा शुक्रबार बिहान टिपर पस्दा तीन जनाको ज्यान गएको छ । 

टहरामा सुतिरहेका तीन जनाको टिपरले किच्दा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा २१ वर्षीय आकाश, २१ वर्षीय सुमन तथा ४५ वर्षीय हरिजनको ज्यान गएको छ । उनीहरूको ठेगाना खुलेको छैन ।  

जस्तापाताले बनेको टहरामा द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बेसहारा बालबालिका र वृद्ध वृद्धाहरूका लागि आश्रय स्थल सञ्चालन गर्दै आएको थियो । 

शुक्रबार बिहान ३ : १५ बजे साँखु–ब्रह्मखेल सडकमा गुडिरहेको बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडकमुनि रहेको टहरामा पसेको थियो । टिपरले किचेर घाइते भएका उनीहरूलाई उपचारका लागि नेपाल मेडिकल कलेज पुर्‍याउँदा अस्पतालले मृत घोषित गरेको थियो । 

टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो आश्रय स्थलमा ६१ जना बस्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस