• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीललाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । 

दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले लगातार तेस्रो पटक उपाधि जितेको हो ।  

खेलको २९ औँ मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको गोल रोक्न खोज्दा आर्मीका डिफेन्डर विमल पाण्डेले आफ्नो गोल पोष्टमा आत्मघाती गोल गरेका थिए । विमलको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका लागि स्टेफेन जमाहाले खेलको ७३ औँ मिनेटमा अर्को गोल गरेका थिए । 

उपाधिसँग मछिन्द्रले १५ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गरेको छ । आर्मीले ५ लाख रुपैँया पुरस्कार हात पारेको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए । 

फाइनल खेल हेर्नका लागि इटलीका गोलकिपर जियानलुइजी बुफन, प्रधानमन्त्री केपी शर्मा ओली, एमालेका नेताहरू लगायत रङ्गशालामा पुग्नु भएको थियो । 

 

प्रतिकृया दिनुहोस