• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बर्दिकाे आडमा गैरकानुनी धन्दा गर्ने डीएसपी निशान्त श्रीवास्तवलाई कारवाहीको तयारी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं  । लमजुङका  डीएसपी निशान्त श्रीवास्तव काठमाडाैं आएर  एक व्यक्तिलाई   पक्राउ गरि गैरकानुनी रूपमा भारतीय प्रहरीको जिम्मा लगाएको खुलासा भएको छ।

घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको विशेष ब्युरोले ती भारतीय प्रहरीलाई नै पक्राउ गरी भारतीय दूतावासको जिम्मा लगाएको छ।

सनराइज खबरलाई प्राप्त जानकारीअनुसार, डीएसपी श्रीवास्तवले कानुनी प्रक्रिया नअपनाई सो व्यक्ति भारतीय सुरक्षाकर्मीलाई हस्तान्तरण गरेका थिए। 

अहिले  प्रहरी प्रधान कार्यालयले बर्दिको आडमा गैरकानुनी धन्दा  गर्ने डीएसपी  श्रीवास्तवलाई कारवाहीकाे तयारी गरेकाे छ । ।

प्रतिकृया दिनुहोस